पुरानै शैलीमा महाबीर पुन, सांसद बनेपछि पनि किताब बेच्न सडकमा

पुरानै शैलीमा महाबीर पुन, सांसद बनेपछि पनि किताब बेच्न सडकमा

काठमाडौं : हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट ऐतिहासिक जित हासिल गरेका नवनिर्वाचित सांसद महावीर पुन पुनः आफ्नो पुरानो शैलीमा फर्किएका छन्।

राजनीतिक दलहरूको बलियो विरासतलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका पुन, सांसद निर्वाचित भएको केही दिनमै वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यले आफ्ना जीवनकथामा आधारित पुस्तक बेच्न पोखराका चोक-चोकमा निस्किएका छन्।

सांसद निर्वाचित भइसकेपछि पनि उनले आफ्नै शैलीमा जनताबीच पुगेका हुन्।

आज बिहान १० बजेदेखि पोखराको अमरसिंह चोकबाट पुस्तक बिक्री सुरू गरेका उनले क्रमशः पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा ४ बजेपछि किताब बिक्री गर्ने तालिका सार्वजनिक गरेका छन्।

निर्वाचनमा उनले अपनाएको सादगी तरिकाले नै जनताकाे मत पाएका हुन्।

फागुन २५, २०८२ सोमबार १३:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।