प्रतिनिधिसभा निर्वाचनको१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा निर्वाचनको१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ। एमालेले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ।

नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

फागुन २५, २०८२ सोमबार ०७:४०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।