१५६ स्थानको मतगणना सार्वजनिक हुँदा रास्वपाका १२० उम्मेदवार विजयी, समानुपातिकतर्फ कटायो २४ लाख मत

१५६ स्थानको मतगणना सार्वजनिक हुँदा रास्वपाका १२० उम्मेदवार विजयी, समानुपातिकतर्फ कटायो २४ लाख मत

 काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएको छ भने ५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेकाे छ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ। त्यस्तै, एमालेले सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४८ लाख ८३ हजार ३५९ मतगणना सम्पन्न भएको छ। त्यसमध्ये रास्वपाले २२ लाख दुई हजार ८८७, कांग्रेसले आठ लाख १५ हजार ७४४, एमालेले छ लाख ९६ हजार ९७७ मत प्राप्त गरेको छ।

नेकपाले तीन लाख ३१ हजार ४१०, राप्रपाले एक लाख ७६ हजार ७५३ र श्रम संस्कृति पार्टीले एक लाख १८ हजार ३५९ मत प्राप्त गरेको छ।
 

फागुन २४, २०८२ आइतबार १७:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।