सोमबार २५ फागुन, २०८२
भोजपुरमा एमाले नेता शेरधनलाई पराजित गर्दै श्रम संस्कृति पार्टीका ध्रुवराज विजयी
भोजपुर : भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। उनले निकटतम निकटतम प्रतिस्पर्धी एमाले सचिव शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गरे।
ध्रुवराज राईले १६ हजार ६६३ मतसहित विजयी हुँदा एमाले सचिव शेरधन राई १४ हजार ७५० मत पाए।
यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा आठ हजार ६७० मत ल्याएर तेस्रो स्थानमा रहे। रास्वपाका रमेश ओझाले ६ हजार १०२ र नेकपाका अजम्बर काङमाङले ५६२८ मत ल्याए।
फागुन २४, २०८२ आइतबार १५:३८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।