सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी
सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई (साम्पाङ) विजयी भएका छन्। उनी ३५ हजार ७४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङलाई आठ हजार ४९२ मतान्तरले पराजित गरे। तामाङले २७ हजार २४९ मत ल्याइन्।
तेस्रो स्थानमा रहेका एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत पाए। नेपाली कम्युनिस्ट पार्टीका उमेदवार सूर्य बहादुर भट्टराईले ६ हजार १८५ मत पाए।
पाँचौँ स्थानमा रहेका नेपाली कांग्रेसका सुजेन्द्र तामाङले तीन हजार ९७० मत ल्याए।
फागुन २४, २०८२ आइतबार १४:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।