ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मतान्तरले विजयी
काठमाडौं : ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन्।
उनले ५ मतान्तरले नेपाली कांग्रेसका कुमार लुइटेललाई पराजित गरेका हुन्।
पूर्वएआईजी पोखरेल १३ हजार ९५३ मत पाए भने नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए।
तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८ मत पाएका छन् ।
फागुन २४, २०८२ आइतबार १२:५२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।