बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी
बैतडी : एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
रास्वपाका भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए। त्यस्तै एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे।
राप्रपाका भुपेन बहादुर चन्दले दुई हजार ६८१ मत ल्याए।
फागुन २४, २०८२ आइतबार १०:१५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।