पाल्पा-२ रास्वपाका थापा विजयी
बुटवल : पाल्पा क्षेत्र नम्बर- २ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा माधवबहादुर थापा विजयी भएका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १३ हजार ७४४ मतान्तरले विजयी भएका हुन्।
थापाले २६ हजार ७३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत मात्र प्राप्त गरेका थिए। त्यस्तै एमालेका ठाकुर प्रसाद गैरेले १० हजार ५०३ र नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेले पाँच हजार २८८ मत पाएका छन्।
यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए।
फागुन २४, २०८२ आइतबार ०८:२३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।