ललितपुर-३ मा फराकिलो मतान्तरसहित तोसिमा कार्की निर्वाचित
काठमाडौं : ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन्।
उनले ३४ हजार ५१ मतान्तरले नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई पराजित गरिन्।
कार्कीले ४३ हजार ९६ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए।
नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए। त्यस्तै एमालेका सन्दन थापा मगरले तीन हजार २९७ मत ल्याए।
राप्रपाका सबिनकुमार खड्काले दुई हजार ३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले एक हजार ४७२ मत ल्याए। त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले एक हजार ३२० मत ल्याए।
फागुन २३, २०८२ शनिबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।