जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

जुम्ला : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्।

अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरे।

उनले १४ हजार ८१६ मत प्राप्त गरे। नेकपाका भण्डारीले ११ हजार ६३५ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत पाए। एमालेका शान्तीलाल महत चार हजार ५१८ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ४२१ मत प्राप्त गरिन् । 

यो सँगै राप्रपाले जितको खाता खोलेको छ।

फागुन २३, २०८२ शनिबार १७:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।