लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरूङलाई पराजित गर्दै रास्वपाका धर्मराज विजयी
लमजुङ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी विजयी भएका छन्।
रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले एमालेका पृथ्वीसुब्बा गुरुङ पराजित भए।
केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दा एमालेका गुरुङले १६ हजार ८७६ मत प्राप्त गरे। नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरे।
कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ।
फागुन २३, २०८२ शनिबार १६:४७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।