कैलाली-५ मा रास्वपाका चन्द २० हजार मतान्तरले विजयी, प्रेम आले तेस्राे स्थानमा

कैलाली-५ मा रास्वपाका चन्द २० हजार मतान्तरले विजयी, प्रेम आले तेस्राे स्थानमा

कैलाली : कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।

रास्वपाका चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन्।

कैलाली–५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत खसेको थियो।

फागुन २३, २०८२ शनिबार १६:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।