रौतहट-१ मा रास्वपाका राजेशकुमा चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा
रौतहट : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्।
चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरे।
गुप्ताले १० हजार ६९३ प्राप्त गरे भने नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गरे।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चाैथाे स्थानमा रही सात हजार ६६९ मत प्राप्त गरे।
यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो।
फागुन २३, २०८२ शनिबार १४:५६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।