चितवन ३ मा रेनु दाहाललाई भारी मतले हराउँदै सोविता गौतम विजयी
चितवन : चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम भारी मतले विजयी भएकी छिन्।
उनले निकटतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतले पराजित गर्दै जित हात पारेकी हुन्।
गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरेकि छन्। दाहालले २० हजार ६ सय १५ मत ल्याइन्।
रेनुले फेसबुकमा स्टाटस लेखेर सोवितालाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।
फागुन २३, २०८२ शनिबार १४:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।