दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी

दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन्।

एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन्।

सहमहामन्त्री विपिनले ४३ हजार ५५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए।

त्यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९  र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८० मत प्राप्त गरेका छन।

फागुन २३, २०८२ शनिबार १४:३२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।