भक्तपुर २ मा महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री भारी मतान्तरले विजयी
काठमाडाैं : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्।
एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका हुन्। उनले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्।
एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे। नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४०१ मत ल्याएका छन्।
फागुन २३, २०८२ शनिबार १३:५३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।