गोकर्ण विष्टलाई जिताउन नसकेपछि गुल्मीमा युवा संघका अध्यक्षले दिए राजीनामा
गुल्मी : एमालेको भातृ संगठन युवा संघ नेपालको मदाने गाउँकमिटी अध्यक्ष दीपेन्द्र भट्टराईले राजीनामा दिएका छन्।
उनले पार्टीका तर्फबाट उम्मेदवार बनेका गोकर्ण विष्टलाई मदानेबाट सम्मानजनक मत दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका हुन्।
उनले भनेका छन्, ‘संसदीय निर्वाचनमा गुल्मी २ मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका गोकर्ण विष्ट उपविजेता बन्नु भएको छ। यो सम्मानजनक मत प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो निर्वाचन हुँदै गर्दा म एमाले मदाने गाउँ पालिका युवा संघको अध्यक्ष रहेकोमा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै अध्यक्षको हैसियतले आजकै मितिदेखि अध्यक्ष पदबाट राजिनामा दिने निर्णय गरेको छु।’
उनले राष्ट्रिय नेतृत्व र जिल्ला हुँदै पालिका कमिटीले पनि राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे।
फागुन २३, २०८२ शनिबार १३:२९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।