एमालेका गोकर्ण विष्टलाई हराउँदै गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी
काठमाडाैं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।
पन्थीले एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
रास्वपाका पन्थीले १६ हजार ९६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १६ हजार ४०६ मत प्राप्त गरे।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन्।
फागुन २३, २०८२ शनिबार १२:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।