पर्सा-२ मा रास्वपाका कानु विजयी

पर्सा-२ मा रास्वपाका कानु विजयी

पर्सा : पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्।

निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे।

नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन्। एमालेका रिमाकुमारी यादवले ११ हजार ६०५, जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याएक्कोा छन्।

यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए।

पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ।

फागुन २३, २०८२ शनिबार १२:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।