रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल भारी मतान्तरले विजयी
बुटवल : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमाले उपाध्यक्ष विष्णु पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरे। खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेपाल कम्युनिष्ट पार्टीका सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरेका छन्।
निर्वाचित सांसद सुलभ खरेल पछिल्लो समय वैकल्पिक राजनीतिक अभ्यास र पारदर्शी शासन प्रणालीको वकालत गर्दै उनी सक्रिय थिए।
फागुन २३, २०८२ शनिबार १०:२६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।