नेमकिपाको गढ मानिने भक्तपुर-१ मा रास्वपाका रन्जित विजयी
काठमाडाैं : भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी भएका छन्।
उनी नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी ३३ हजार ४३६ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे। त्यसैगरी नेपाली कांग्रेसका किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएका छन्।
फागुन २३, २०८२ शनिबार १०:१२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।