गुल्मी-२ मा रोमाञ्चक प्रतिस्पर्धा : रास्वपाका पन्थीभन्दा गोकर्ण विष्टलाई ३५ मतले मात्रै पछि

गुल्मी-२ मा रोमाञ्चक प्रतिस्पर्धा : रास्वपाका पन्थीभन्दा गोकर्ण विष्टलाई ३५ मतले मात्रै पछि

गुल्मी : गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य तर्फको मतगणना अत्यन्तै रोचक मोडमा पुगेको छ।

पछिल्लो मतपरिणाम अनुसार एमाले नेता गोकर्ण विष्टलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले झिनो मतान्तरले अग्रता लिएका छन्।

पछिल्लो अपडेट अनुसार रास्वपाका पन्थी एमालेका विष्टभन्दा ३५ मतले अगाडि छन्।

रास्वपाका उम्मेदवार पन्थीले १३ हजार ७७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विष्टले १३ हजार ७३९ मत ल्याएर कडा टक्कर दिइरहेका छन्।

यस्तै, अन्य प्रतिस्पर्धीलाई पछि पार्दै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १० हजार ८२९ मत प्राप्त गरेका छन्। उनी पहिलो र दोस्रो स्थानका उम्मेदवारभन्दा करिब ३ हजार मतले पछाडि छन्।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले २ हजार ७८० मत प्राप्त गरेका छन्।

फागुन २३, २०८२ शनिबार ०७:४३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।