बाँके-१ बाट रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित

बाँके-१ बाट रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित

बुटवल : बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दै विजय हासिल गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले ११ हजार १५ मत ल्याएका छन्।

फागुन २३, २०८२ शनिबार ०७:४०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।