सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहकाे अग्रता कायमै, गगन १९ सय बढी मतले पछि

सर्लाही ४ मा  रास्वपाका अमरेशकुमार सिंहकाे अग्रता कायमै, गगन १९ सय बढी मतले पछि

काठमाडाैं : सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन्।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिंहले ४ हजार ४९६ मत ल्याएका छन्।

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्। त्यस्तै एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन्।

फागुन २२, २०८२ शुक्रबार २१:२३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।