रुपन्देही- २ : एमालेका पौडेल फराकिलो मतान्तरले पछाडि

रुपन्देही- २ : एमालेका पौडेल फराकिलो मतान्तरले पछाडि

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले एमालेका विष्णु पौडेल भन्दा १६ हजार ५९५ मतले पछि पारेका छन्।

कुल ३१ हजार ३२१ मत गणना हुँदा रास्वपाका खरेलले २१ हजार ७४ मत प्राप्त गरेका छन्।

त्यस्तै एमालेका विष्णु पौडेलले चार हजार ४७९ मत प्राप्त गर्दा काँग्रेसका चुन्नप्रसाद पौडेलले दुई हजार ८६२ मत प्राप्त गरेका छन्। २०६४ साल पछिका हरेक निर्वाचनमा विजयी हुँदै आएका पौडेललाई यो निर्वाचनमा नराम्रोसँग झट्का लागेको छ।

फागुन २२, २०८२ शुक्रबार १७:३९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।