गुल्मी- १ मा रास्वपाका सागर ढकालको अग्रता कायमै

गुल्मी- १ मा रास्वपाका सागर ढकालको अग्रता कायमै

गुल्मी : गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल अग्रस्थानमा देखिएका छन्। 

हालसम्म सार्वजनिक मतगणना विवरणअनुसार ढकालले तीन हजार ८१० मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कुमार ज्ञवालीले एक हजार ६८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले एक हजार ६६१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले एक हजार १२० मत पाएका छन्।

फागुन २२, २०८२ शुक्रबार १७:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।