प्यूठान अपडेट : रास्वपालाई उछिन्दै कांग्रेसका डा. गोविन्दराज पोखरेलको अग्रता

प्यूठान अपडेट : रास्वपालाई उछिन्दै कांग्रेसका डा. गोविन्दराज पोखरेलको अग्रता

प्यूठान : प्यूठानमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन्।

पछिल्लो मतपरिणामअनुसार कुल ७ हजार ७१९ मत गणना हुँदा डा. पोखरेलले २ हजार ९३३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार सुसान्त वैदिकले २ हजार २४७ मतसहित उनलाई पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ६८६ रहेको छ।

यता, नेकपा एमालेका उम्मेदवार सूर्य थापा भने तेस्रो स्थानमा छन्। उनले ८१४ मत मात्र प्राप्त गरेका छन्। 

त्यसैगरी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीले ६९८ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ५६१ मत पाएका छन्।

फागुन २२, २०८२ शुक्रबार १६:३५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।