रास्वपाले एक जितसहित ९१ मा अग्रता लिँदा कांग्रेस-एमाले निकै पछि

रास्वपाले एक जितसहित ९१ मा अग्रता लिँदा कांग्रेस-एमाले निकै पछि

काठमाडौँ : प्रत्यक्षतर्फको १ सय ६५ सिटमा गणना भइरहेकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक जितसहित ९१ मा अग्रता लिएर पहिलो नम्बरमा छ। रास्वपाबाट काठमाडौं १ बाट रञ्जु दर्शनाको जीत भइसकेको छ। काठमाडौंका बाँकी ९ सिटमा रास्वपाकै उम्मेदवार अगाडि छन्।

नेपाली कांग्रेस ११ सिटमा मात्र अगाडि छ। मत गणना भइरहेका स्थानमध्ये मुस्ताङ १ मा ३२ वर्षका योगेश गौचन थकालीले जितेका छन्। कांग्रेस सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे दुवै पछाडि परेका छन्।

अगाडि रहेका उम्मेदवारहरूमा ललितपुर १ का उदय शमशेर राणा, कपिलवस्तु ३ मा अभिशेषप्रताप शाह छन्। दैलेख १ मा वासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, प्युठान १ मा डा गोविन्दराज पोखरेल, रसुवा १ मा मोहन आचार्य, लमजुङ १ मा गमनप्रसाद गुरुङ अगाडि छन्। 

यसैगरी सिन्धुपाल्चोक २ मा बंशलाल तामाङ, पाल्पा २ मा हिमालदत्त श्रेष्ठ र जाजरकोट १ मा खड्कबहादुर बुढा अगाडि छन्।

एमालेले अहिलेसम्म खाता खोल्न सकेको छैन। पार्टी अध्यक्ष केपी शर्मा ओली झापा ५ मै निकै पछाडि छन्। अन्यमा रुपन्देही ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद  इस्तियाक राई, तेह्रथुममा भानुभक्त ढकाल अगाडि छन्।

सुर्खेत २ मा कुलमणि देवकोटा कैलाली २ मा सूर्यबहादुर थापा दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल, डोटी १ मा दीपकबहादुर धामी, धनकुटा १ मा राजेन्द्रकुमार राई र इलाम २ मा सुहाङ नेम्वाङ अगाडि छन्।

नेकपाका पनि ९ उम्मेदवार अगाडि छन्। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड जीत नजिक देखिन्छन्। अन्यमा कालिकोट १ मा महेन्द्रबहादुर शाही, कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता, कैलाली ३ मा वीरमान चौधरी, काभ्रे १ मा दीनानाथ गौतम, रोल्पा १ मा वर्षमान पुन, अछाम १ मा भीमबहादुर रावल, धादिङ २ मा रामबहादुर भण्डारी र सल्यान १ मा रमेशकुमार मल्ल अगाडि छन्।

राप्रपाका उम्मेदवारमध्ये जुम्ला १ मा ज्ञानेन्द्रबहादुर शाही मात्र अगाडि छन्। श्रम संस्कृति पार्टीले कुनै सिटमा अग्रता लिन सकेको छैन। म्यादी १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन अगाडि छन्।

फागुन २२, २०८२ शुक्रबार १६:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।