झापामा बालेन्द्र ओलीभन्दा पाँच हजार मतले अगाडि

झापामा बालेन्द्र ओलीभन्दा पाँच हजार मतले अगाडि

काठमाडौं : झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पाँच हजार मतले लिड गरेका छन्। साढे १ बजेसम्मको मत परिणाममा बालेन्द्रको पक्षमा ५ हजार २ सय ५४ मत आउँदा प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीको जम्मा १ हजार २ सय ४८ मत आएको छ।

नेपाली कांग्रेसको उम्मेदवारले जम्मा १ सय ८५ मत पाएका छन्। नेकपाका रञ्जित तामाङले एक सय २९ मत मात्र पाएका छन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका बालेनलाई पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ। देशभर गणना भइरहेको मत परिणामले रास्वपा सहजै बहुमत नजिक देखिन्छ। 

फागुन २२, २०८२ शुक्रबार १५:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।