गुल्मी- १ : रास्वपाका ढकालको अग्रता, ज्ञवाली र भण्डारीलाई दोब्बरभन्दा बढी मतले पछि परे
बुटवल : गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले अग्रता कायम गरेका छन्।
हालसम्म सार्वजनिक मत परिणामअनुसार ढकालले १ हजार ४१३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले ५७९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले ५७१ मत ल्याएका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले ४४५ मत प्राप्त गरेका छन्।
फागुन २२, २०८२ शुक्रबार १४:५२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।