भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै
भक्तपुर : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ।
बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिएका छन्। यहाँ नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र एमालेका सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन्।
यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्रीले सात हजार दुई मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन्।
यहाँ क्षेत्र नम्बर १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नम्बर २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो।
फागुन २२, २०८२ शुक्रबार १४:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।