कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाको अग्रता

कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ। उनले चार हजार २६८ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याएका छन्। कञ्चनपुर-२ मा ६४ हजार ८८१ मत खसेको थियो।

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याएका छन्। सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो। 

फागुन २२, २०८२ शुक्रबार १४:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।