बाँके- १ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता
राँझा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नम्बर १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार अगाडि छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार क्षेत्र नम्बर १ मा दश हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारुले पाँच हजार ८५७, नेपाली कांग्रेसका नारायण गौडेलले २०४५, एमालेका सूर्य ढकालले एक हजार २७८ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गरेका छन्।
बाँके क्षेत्र नम्बर २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राईले पाँच हजार २४४, नेपाली कांग्रेसका सुधांशु कोइरालाले चार हजार १०० र रास्वपाका विवेक श्रेष्ठले दुई हजार ५८० मत प्राप्त गरेका छन्।
यसैगरी क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनारले पाँच हजार २९७, एमालेका सुमन मल्लले दुई हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले एक हजार ७४१ मत प्राप्त गरेका छन्।
फागुन २२, २०८२ शुक्रबार १३:१३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।