सुर्खेत, १ मा कांग्रेस र २ मा एमालेको अग्रता
कर्णाली : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ। क्षेत्र नम्बर १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, एमालेका ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ। यहाँ ७८१ मतगणना हुँदा उनले ३१६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए।
फागुन २२, २०८२ शुक्रबार १२:४९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।