कपिलवस्तु-३ मा कांग्रेसका उम्मेदवारको अग्रता

कपिलवस्तु-३ मा कांग्रेसका उम्मेदवारको अग्रता

बुटवल : कपिलवस्तु क्षेत्र नम्बर ३ मा जारी प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस का उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता लिएका छन्।

हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार शाहले ७६५ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश रजौरिया ले २४२ मत पाएका छन्।

यस्तै नेकपा एमाले का उम्मेदवार वीरेन्द्र कुमार कानोडिया ले १८५ मत प्राप्त गरेका छन्। मतगणना भने अझै जारी रहेको छ।

फागुन २२, २०८२ शुक्रबार ०७:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।