काठमाडौंको १, ३ र १० को मतगणना सुरु, चितवन २ र काठमाडौं ५ को साढे १२ बाट
काठमाडौं : काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सकिए लगत्तै दुवै क्षेत्रको मत गणना सुरु भएको हो।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० को पनि मत गणना शुरु भएको छ। यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा पनि साढे १२ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको छ।
चितवन २ को पनि साढे १२ बजेबाट मतगणना सुरु गर्न सहमति भएको छ। मतगणना सुरु गर्न झापा ५ मा सर्वदलीय बैठक सुरु भएको छ।
फागुन २१, २०८२ बिहीबार २३:५६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।