रुपन्देहीमा ६० प्रतिशतभन्दा बढी मतदान : मतगणना आजै रातीदेखि

रुपन्देहीमा ६० प्रतिशतभन्दा बढी मतदान : मतगणना आजै रातीदेखि

बुटवल : रुपन्देहीमा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशतभन्दा बढी मत खसेको हो।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जिल्लामा शान्तिपूर्णरूपमा मतदान सकिएको बताए। उनले मतपेटिका संकलनको काम भइरहेको बताए।

उनले बिहीबार रातीदेखि नै पाँच वटा निर्वाचन क्षेत्रको मतगणना गर्ने तयारी गरेको बताए। "मतपेटिका संकलन भएपछि गणना स्थलमा आउँछन्। लगत्तै सर्वदलीय बैठक बसेर रातीबाटै गणना गर्ने तयारीमा हामी छौं," उनले भने ।

रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।

फागुन २१, २०८२ बिहीबार १८:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।