तनहुँमा एक सय सात वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

तनहुँमा एक सय सात वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवाका एक सय सात वर्षीय ज्येष्ठ नागरिक गणेशबहादुर रावतले मतदान गरेका छन्।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका हुन्।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक रावतले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।

फागुन २१, २०८२ बिहीबार ११:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।