मध्यपूर्व तनावका कारण नेपाल, यूएई र ओमानबिच हुने लिग–२ सिरिज स्थगित

मध्यपूर्व तनावका कारण नेपाल, यूएई र ओमानबिच हुने लिग–२ सिरिज स्थगित

काठमाडाैं : मध्यपूर्वी देशहरूमा बढ्दो द्वन्द्वका कारण आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघ–क्यानले बुधबार सूचना जारी गर्दै काठमाडौंमा मार्च १० (फागुन २६) देखि सुरु हुने प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

सिरिजमा नेपालसँगै ओमान र यूएई सहभागी हुने तालिका थियो। तर इजरायल र अमेरिकाको आक्रमणपछि इरानसहित मध्यपूर्व क्षेत्रमा चर्किएको तनावका कारण ओमान र युएई प्रभावित बनेका छन्।

क्यानका अनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिता सञ्चालन गर्न असहज देखिएकाले खेल स्थगित गर्ने निर्णय गरिएको हो।

स्थगित खेलहरूको नयाँ तालिका सरोकारवाला पक्षसँग आवश्यक परामर्श र समन्वयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

फागुन २०, २०८२ बुधबार १७:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।