मतदान सकिएकाे २४ घन्टामा मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

मतदान सकिएकाे २४ घन्टामा मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडाैं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सकिएको २४ घण्टामा प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गर्ने दाबी गरेकाे छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतपेटिका संकलन भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गर्ने बताएका हुन्। त्यसपछि समानुपातिक तर्फको मतगणना गर्ने आयोगले जनाएको छ।

उनले भने,"मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ।"

निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रलाई मतगणनाका सम्बन्धी परिपत्र जारी गरिसकेको छ। आयोगले मतगणना छिटो बनाउन प्राविधिक व्यवस्था गरेको जनाएको छ। मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सिसिटिभी राख्ने काम सम्पन्न भएको आयोगले जनाएको छ। 

आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ।

फागुन २०, २०८२ बुधबार १६:२७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।