मौन अवधिमा पनि आफू र कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको गगनको गुनासो
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने क्रम नरोकिएको बताएका छन्। मंगलबार फेसबुकमा आफ्नो धारणा राख्दै उनले निर्वाचनको मौन अवधिमा समेत आफू र कांग्रेसका उम्मेदवारहरू विरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइएको उल्लेख गरेका छन्।
‘यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो । यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईँहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ’ उनले लेखेका छन्।
उनले भ्रम फैलाउने खाताविरुद्ध रिपोर्ट गरिदिन आग्रह गर्दै कुनै सामग्री सेयर गर्नुअघि एक छिन रोकिएर सत्यता जाँच्नेर मात्र सेयर गर्न आग्रह गरेका छन्।
फागुन १९, २०८२ मंगलबार २०:३३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।