पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रणको प्रयास जारी

पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं : ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा मंगलबार दिउँसो आगलागी भएको छ। रेस्टुरेन्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ। 

आगो निभाउन ललितपुर महानगरपालिकाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार आगो नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली खटिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आगलागीका क्रममा रेस्टुरेन्ट वरपर विष्फोटको आवाजसमेत सुनिएको थियो।

आगलागीको कारण अहिले खुल्न सकेको छैन। घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा आगो फैलन नदिन प्रयास भइरहेको छ।

फागुन १९, २०८२ मंगलबार १६:१९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।