विराटचोकमा कजारिया टाइल्सको नयाँ शोरुम सञ्चालनमा
विराटचोक : प्रिमियम टाइल ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्दै मोरङको विराटचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरुमको उद्घाटन कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गरेका हुन्।
उद्घाटन समारोहमा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धार्मिक गुरु दीनबहादुर शास्त्री र मिस नेपाल अर्थ-२०२२ सरिशा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले यो शोरुम घरधनी, ठेकेदार र वास्तुकारहरूका लागि नवप्रवर्तनशील र आकर्षक टाइलहरू छनोट गर्ने उत्कृष्ट गन्तव्य बन्ने बताए।
त्यस्तै, नगरप्रमुखहरू गुरागाईं र राईले कजारियाजस्तो अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थितिले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै निर्माणको मापदण्ड र गुणस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर।
नेपालमै सबैभन्दा ठूलो टाइल उद्योग सञ्चालन गरिरहेको कजारियाले हाल देशभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिइरहेको छ।
कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरका पानी तथा दाग प्रतिरोधी, बलिया र दीगो प्रकृतिका ३ हजारभन्दा बढी डिजाइनका टाइलहरू बजारमा उपलब्ध गराउँदै आएको छ।
फागुन १९, २०८२ मंगलबार १३:०९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।