रामेछाप दुर्घटना : प्रहरी सहायक निरीक्षकको मृत्यु, सातजना घाइते

रामेछाप दुर्घटना : प्रहरी सहायक निरीक्षकको मृत्यु, सातजना घाइते

काठमाडाैं : रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएकाे छ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार तीन जनाको अवस्था भने सामान्य छ।

उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जनाले गाडीबाट हाम फालेका थिए। 

मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे।

फागुन १८, २०८२ सोमबार १८:११:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।