विराटचोकमा कजारियाको नयाँ शोरूम सञ्चालनमा
विराटचोक : कजारिया रमेश टायल्सले मोरङको विराटचोकमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि 'महालक्ष्मी ट्रेडर्स' मार्फत सञ्चालित उक्त शोरूमको सञ्चालनमा ल्याएको हो।
शोरूमको उद्घाटन कम्पनीका निर्देशक हिमांशु अग्रवाल, सुन्दर हरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले संयुक्त रूपमा गरे।
विराटचोक र आसपासका क्षेत्रमा बढ्दो निर्माण कार्य र उच्च गुणस्तरीय टायलको मागलाई सम्बोधन गर्न यो शोरूम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नेपालमै उद्योग स्थापना गरी उत्पादन सुरु गरेको कजारियाका हाल देशभर १०० भन्दा बढी शोरूमहरू रहेका छन्। यहाँ ३ हजारभन्दा बढी डिजाइनका विभिन्न साइजका ग्लेज्ड भिट्रिफाइड र सेरामिक टायलहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।
फागुन १७, २०८२ आइतबार १८:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।