पाकपुर मारिएपछि इरान रिभोलुसनरी गार्डको नयाँ कमाण्डरमा अहमद वाहिदी नियुक्त
तेहरान : इरानले पूर्व रक्षा तथा गृहमन्त्री अहमद वाहिदीलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नयाँ कमाण्डर नियुक्त गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले आइतबार यसको पुष्टि गरेका हुन्।
शनिबार अमेरिका र इजरायलले गरेको भीषण आक्रमणमा आईआरजीसीका तत्कालीन प्रमुख मोहम्मद पाकपुरसहित धेरै वरिष्ठ इरानी सैन्य कमाण्डरहरू मारिएपछि वाहिदीलाई तत्काल यो जिम्मेवारी दिइएको हो।
नवनियुक्त कमाण्डर वाहिदी इरानका पूर्व रक्षा मन्त्री तथा आन्तरिक मामिला मन्त्री (गृहमन्त्री) हुन्। उनी अमेरिकी प्रतिबन्धको सूचीमा रहेका व्यक्ति हुन्।
सन् २०२२ मा इरानमा भएको देशव्यापी प्रदर्शनलाई निर्ममतापूर्वक दबाउन सुरक्षा फौज परिचालन गरेको र घातक बल प्रयोग गरेको आरोपमा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको छ।
इरानको यो नियुक्तिलाई अमेरिकी र इजरायली आक्रमणपछिको रणनीतिक कदमका रूपमा हेरिएको छ।
फागुन १७, २०८२ आइतबार १३:५५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।