सर्लाहीमा गोठको बलोमा झुण्डिएको अवस्थामा पतिपत्नी मृत फेला

सर्लाहीमा गोठको बलोमा झुण्डिएको अवस्थामा पतिपत्नी मृत फेला

सर्लाही : सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला परेका छन्। घरबाट करिब आधा किलोमटिर उत्तर पश्चिममा रहेको गोठमा बलरा नगरपालिका-१० सुदामा बस्ने ६० वर्षीय भानु महतो र उनकी ५६ वर्षीया पत्नी निर्मलादेवी एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

गोठको बाँसको बलोमा दुबै जनाले प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए। 

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सोकोसहित प्रहरी टोली शनिबार बिहान घटनास्थलमा पुगेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

फागुन १६, २०८२ शनिबार १३:४२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।