चुनावमा काठमाडौंको रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

चुनावमा काठमाडौंको रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

काठमाडौं : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्रका सम्पूर्ण रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाएको छ।

प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गरेर फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको हो। अर्को निर्णय नभएसम्मका लागि रात्रिकालीन व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सबै रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न र त्यसपछि पूर्ण रूपमा बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालाहरूलाई सूचित गरिएको छ।

फागुन १४, २०८२ बिहीबार २२:२२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।