नेप्सेमा सामान्य सुधार, काराेबार रकम घट्याे
काठमाडौँ : साताकाे अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज छ दशमलव ०३ अङ्कले बढेर दुई हजार ६५४ दशमलव ९३ विन्दुमा कायम भएको छ।
नेप्से परिसूचकमा सुधार देखिए पनि केहि दिनयता कारोबार रकम भने निरन्तर घटिरहेको छ। आज ३३५ कम्पनीको एक करोड ५३ हजार १४५ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब १७ कराेड ४६ लाख ३० हजार बराबरकाे काराेबार भयाे।
बुधबार ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएकाे थियाे।
१३७ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ७ को स्थिर रह्यो।
निर्जीवन बीमा समूह सबैभन्दा बढी १.०९ प्रतिशत बढ्याे।
बैंकिङ ०.६४, विकास बैंक ०.१३, फाइनान्स ०.७१, हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार ०.४६ प्रतिशत बढे।
होटल तथा पर्यटन ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स सूचक ०.२८ प्रतिशत घटे।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत बढेको छ। रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.२६, हिमस्टार ऊर्जाको ६ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा अपी पावर, आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप, र रिडी पावर क्रमशः अगाडि छन्।
फागुन १४, २०८२ बिहीबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।