एपस्टिन फाइलमा बिकिनी लगाएका महिलासँग देखिए स्टेफन हकिङ, परिवारले भन्यो- ‘उनको हेरचाह गर्थे’

एपस्टिन फाइलमा बिकिनी लगाएका महिलासँग देखिए स्टेफन हकिङ, परिवारले भन्यो- ‘उनको हेरचाह गर्थे’

एजेन्सी : जेफ्री एपस्टिनसँग सम्बन्धित हालै सार्वजनिक भएका दस्तावेजहरूमा दिवंगत बेलायती वैज्ञानिक स्टेफन हकिङको एक पुरानो तस्बिर भाइरल भइरहेको छ।

उक्त तस्बिर सन् २००६ को भएको बताइएको छ, जसमा हकिङ दुई जना बिकिनी लगाएका महिलाहरूसँग देखिएका छन्।

हकिङको परिवारले भने उक्त तस्बिरबारे प्रस्टीकरण दिँदै तस्बिरमा देखिएका महिलाहरू लामो समयदेखि उनको हेरचाह गर्ने ‘केयरगिभर’ भएको बताएको छ।

साथै, उनीमाथि लगाइएका कुनै पनि प्रकारका अनुचित व्यवहारका आरोपहरू निराधार भएको पनि परिवारले स्पष्ट पारेको छ।

यो तस्बिर क्यारेबियन टापु सेन्ट थोमसस्थित रिट्ज-कार्लटन होटलमा खिचिएको बताइएको छ। त्यहाँ सन् २००६ को मार्चमा एपस्टिनले एक वैज्ञानिक सम्मेलन आयोजना गरेका थिए, जसमा २१ जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरू सहभागी थिए।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेका एपस्टिनसँग सम्बन्धित दस्तावेजहरूमा हकिङको नाम धेरैपटक उल्लेख गरिएको छ। यद्यपि, उपलब्ध दस्तावेजहरूमा यो तस्बिरसँग जोडिएको कुनै पनि आपत्तिजनक गतिविधि भएको उल्लेख छैन।

सन् २०१५ को एक इमेलमा एपस्टिनले हकिङमाथि लागेको एक आरोपलाई गलत भन्दै खारेज गरेका थिए। स्टेफन हकिङ लामो समयदेखि एएलएसरोगबाट पीडित थिए र सन् २०१८ मा ७६ वर्षको उमेरमा उनको निधन भएको थियो।

फागुन १४, २०८२ बिहीबार १३:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।